एक समय को कथा

1 min read

 

एक समय को कथा.png

मनको कुरा आँखामै झल्के के पो समस्या थियो !

बितेका घटनामा ढल्कन्दै जाँदा लुकेछ कथा त।

समय बित्यो सम्बन्ध छुट्यो, बाहिर पो हर्ष देख्यौ

जन्मि‌‍‌‍एका ती अनंत प्रश्न संकोचले नै छेक्यो।

 

के गर्नु साथी कलिलै मन्, यस्तै नै भैँ हाले

चिनेछौ सोच्नु गलती भएछ, खै बुझ्दैन मनले।

 

चाहेन मनले कुरा बुझाउन आफन्त साँचेका लाइ

आफन्त नै पराया  भैदिए, भन्नेपो कसलाई?

 

दुःख का कुरा बाटेर बस्ने अमर नै त्यो सोच

कतै, केही गोला, संका नै लाग्दा नि कसलाई पो दिने दोष

 

बाटो काट्न मात्रको साथी, साथी नै के हो

नबोल्दा पनि असल नै साचँदे अरूके माग्थ्यौ र।

 

बगे  नि आँसु कति हो कति कसलाई पो सुनाउथे

लौ है अब, मनका कुरा लेखेर पनि टाढानै आइ पुगे

 

हजुरलाई पनि मनको व्यथा सुनाउन मन थियो होला

हजारौं प्रश्न हजुरको पनि मनमै बन्द होला।

 

आफ्नो झैँ सोची पछाडि हेर्दा नचिने झैँ लाग्छ

घरको आफ्नो बाहिरिएको देख्दा यो मन साँघुरिन्छ

 

खोलाझै हो जिन्दगी हाम्रो, अघि नै बग्दै जाऊ

सरल बाटो कसैलाई छैन, यसरी सिक्दै आऊ

 

आजको राजा भोलि कतै माग्ने पो हुँदैन के?

भन्न नसकिने भविष्यले नि सबै पो लादैन के?

 

-Dimple

 

Your thoughts?