आरामले भैहाल्छ

2 min read

बग्नु छ कालैको पानीझरिको छिटाहरुका नदि बनेर,

उड्नु छ यी हाड्-मासमा प्वाँख सरीका पखेटा बनाई,

मनस्पट्टमा हिजो बुनेको मझेत्रो म आज ओढ्ने छु

न सुक्ला नदि त्यो, वसन्तको तापमा

न झर्ला मझेत्रो शिशिरको विलापमा

म उडि् रहन्छु त्यो कालो आकाशमा,

होस कालै त्यो दृष्य, चमेरा सरिका।

सोंचदा सोंचदै मैले सयौं भाषण दिई सकें,

एकान्त मै घोर युद्ध यो लडि् सकें।

मैले त,

सपना मै जिति सकें।

आँखा उघारेमा रित्तो आभाष छ,

विपना भो रात त्यो… सपनामा सुभाष छ

खै अझै पनि कता-कता हो,

आस छ।

खटदै छु,

सहि समय, सहि चाल चल्न

म पख्दैछु,

गरि पल-पलको हिसाब

“राजा रंक सबै समान उसका”

म “शिरोमणी”- का कविता जप्दैछु। उफ्रिनु देउ फट्-फट्

ती उपियाँहरुलाई,

म त कालको त्यो नदि सरि हुन्छु जस्को पानीमा

उमंग र उपासनाको सहि मिश्रण छ,

नापोस उसले मेरो धैर्य, टाउको देखि खुट्टा सम्म

तै पनि म उसको लागी अलिकति अल्को भई दिन्छु

नापोस त दुब्लोपना मेरो कठै त्यो इन्ची-टेपले..

मोटाउन म त्यसैलाई खाई दिन्छु।

जिन्दगी छैन मात्र दुई दिनको, न पत्याउ न

प्रमाणको लागि, म एक दिन एक्स्ट्रा बाँचिदिन्छु।

राजा हुँ…. राजा हुँ म आफ्नो दरबारको, एक पाईला चाल्दिन कसै को अनुमती माँगी

थियो जहाँबाट उनिहरुले उचालेको र पछारेको

म फेरि त्यहीँबाट पलाउनेछु।

लुप्तताको इनारहो अनंत यो प्राणको,

म न कालको अधीन छु

म त झरने छु बस् झरने छु।

कहिलेकाही म मुटु तिर हात लैजाउँदै उहिलेका घाऊहरु खोज्छु,

के गर्नु? बस् आदतहो निकोटेक्स्ले छुट्ने छैन।

कहिलेकाही म मुटु तिर हात लैजाउँदै उहिलेका घाऊहरु खोज्छु,

तर ती एकाकालमा भएका घाउहरुका पाप्रा पनि

आज विलुप्त भैसके छन् ।

कोट्याईरहन्छु मैलाहरु रे..SS तिक्खो नङ गाँडि्, तर मुटु यो

कलिलै रहेछ, इती… घोचदा पनि दुख्दो रहेछ।

उक्किए कति ती मुटु भरिका पाप्रा

दुराभाषका बोक्रा, यो मन र मस्तिष्कलाई दुखाई-दुखाई

तर एक कविता लेख्दा मलाई जाति भैहाल्छ।

छरपस्ट छन् आज कलम र कागजहरु

मेरा टेबलमा, खाटमा, जमीनमा, शरीरमा

अलिकती पन्साउँदा मलाई ओछ्यान भै हाल्छ

अहिले मेरो जीवन पनि यस्तै-त्यस्तै छ

बस् साथी, आराम ले भै हाल्छ।

1 thought on “आरामले भैहाल्छ”

Your thoughts?